Breaking

मुग्लिन : गुडिरहेको कारमाथि पहिरो खस्यो


काठमाडौँ – बिहीबार मध्यान्हदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा खुलिसकेको छैन।

बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध सडक करिब २५ घण्टापछि शुक्रबार साँझदेखि खुलाइएको थियो। तर पुनस् शनिबार बिहान खसेको पहिरोले केहीबेर सडक अवरुद्ध भएको थियो।

सडक डिभिजन भरतपुरबाट ल्याइएको मेसिनले पहिरो पन्छाएपछि केहीबेर अघि सुचारु भएको उक्त सडकखण्डमा शनिबार बिहान १० बजे पुनस् पहिरो खसेको छ।

मुग्लिन(नारायणगढ सडक खण्डको तुइनभिरमा गुडिरहेको कारमाथि पहिरो खसेको घटनास्थलबाट ईश्वर क्षेत्रले बताएका छन्।

उनका अनुसार बागमती प्रदेश ०२५ च २१८१ नं. को कारमाथि पहिरो खसेको थियो।
घटनामा सवार यात्रु सकुशल रहेको उनले बताएका छन्।

माथिबाट ढुङ्गा खस्ने क्रम अझै कम नभएको भन्दै सतर्कताका साथ यात्रा गर्न डिभिजन सडक कार्यालय सचेत गराएको छ।