Breaking

दुर्घटनाग्रस्त बसमा आगलागी हुँदा जलेर भारतमा २५ यात्रीको मृत्यु


काठमाडौँ – भारतको महाराष्ट्रमा शनिबार भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको हो।
प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।

राति करिब २ बजे भएको हो। बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । घाइतेहरूको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका क्रममा बसबाट ठुलो मात्रामा डिजेल सडकमा फैलिएको बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाइएको छ ।