Breaking

ओलीको सकस, निरन्तरका अस्त्र असफल, ओलीका दुत देउवा निवासमा, प्रचण्ड संकट


काठमाडौँ — जसरी हुन्छ सरकारको साख गिराउने र नयाँ सत्ता समिकरण बनाएर आफ्नो प्रभुत्व जमाउने रणनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेका छन् । तर, उनको त्यहि रणनीति बुझेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतण्ड कुनै हालतमा ओलीलाई असफल बनाउन चाहन्छन् । अझ भनौँ केपी ओलीका एकपछि अर्को रणनीति असफल बनिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले प्रस्तुत गरेको आगार्मी आर्थिक वर्षको बजेट सत्ता पक्षकै सांसहरुलाई चित्त बुझेन । बजेटलाई लिएर सत्तारुढ दलकै सांसदहरु सरकारको कटु आलोचक मात्र बनेन् कुनै पनि हालतमा हुबहु पारित हुन नहुने पक्षमा देखिए । एकिकृत समाजवादी र जसपाका सांसदहरुले त बजेट पास नै हुन नदिने बताएका थिए ।

सत्तारुढ दलकै सांसदहरु सरकारको विपक्षमा उभिएपछि बजेट पास नहुने र यसकै कारण सरकार ढल्नेमा एमाले अध्यक्ष ओली ढुक्क थिए । तर उनको यो अनुमान मिलेन । प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलहरुलाई ह्वीप नै जारी गर्न लगाए भने जसपाको संसदीय दलको वैठकमै पुगेर जसपालाई आफ्नो पक्षमा ल्याए । प्रचण्डको यो चाल ओलीले चाल नै पाएन । यो पछिल्लो उदाहरण हो । पार्टी सुदृढिकरणदेखि मिलेसम्म सत्तारोहणकै सपना देखिरहेका ओलीका प्रयासहरु विफल भईरहेका छन ।

एमाले अध्यक्ष ओली सत्ता सहकार्यका लागि कांग्रेससँग हारगुहार नै गर्दै आएका छन । प्रचण्ड नेतृत्वको सरकार ढालेर कांग्रेससँग सत्तामा फर्किने दाउ हेर्दे दुतहरु पठाईरहेका छन । तर सत्ता र शक्तिमा फर्किने ओलीको सबै अस्त्रहरु अपरिपक्व र असफल देखिन्छन ।

सत्तामा फर्किने सवालमा मात्र होइन शरणार्थी प्रकरणमा टोप बहादुरको बचावटमा उत्रिदा आलोचित बने । जलहरी प्रकरणले थप साख खस्कियो भने ललिता निवास प्रकरणमा पार्टी उपाध्यक्ष विष्णु पौडेल नै मुछिदा ओली थप संकटमा छन । पटक–पटकका प्रयासहरु असफल हुँदै गएपछि एमाले अध्यक्ष ओली सरकारप्रतिको विश्वास कति छ ? भनेर क्याल्कुलेटर थिचेर बसिरहेका छन् ।

ओलीले मंसिर चारको निर्वाचनको मत परिणामसँगै सुरुमा नेकपा एमालेलाई सत्ता पक्षको कित्तामा ल्याउन सफल भए । पुष १० मा अचानक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव ल्याउँदा ओली आफ्नो उदेश्य पुरा भएको ठानेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाए । सत्ता गठबन्धन फुटाउन सक्नु नै आफ्नो महत्वपूर्ण उपलब्धि भएको ठाने । तर उनी पुलक्कित भएर फेरि अनेक गतिविधि गर्न थालेपछि प्रचण्ड कांग्रेससँग मिल्न गए भने ओली हेरेको हेर्यै भए ।

संसद विघटन गर्दै बहुमतको सत्ताबाट हात धोएका ओली पुन संघ हुँदै प्रदेशमा पनि सत्तामा फर्किए । लगत्तै आफूलाई सबथोक सम्झिएका ओलीलाई प्रचण्डले एक झड्कामै प्रतिपक्षको कित्तामा पुर्याईदिए । अहिले एमालेले बोनसमा पाएको सभामुख बाहेक अरु सबै गुमाउन पुगेको छ ।