देश

प्राइम-टाइल्स विथ स्टाइल अबदेखि नेपाली बजारमा


काठमाडौँ — असार १४ गते । प्राइम सेरामिक्स प्रा।लि।ले २ अर्ब लगानीमा प्राइम– टाइल्स विथ स्टाइल उत्पादन बिहीवारदेखि नेपाली बजारमा ल्याएको छ । कम्पनीले आफ्नो उत्पादन प्राइम–टाइल्स विथ स्टाइललाई बिक्री वितरणमा ल्याएको जानकारी गराएको हो । कम्पनीले बिहीवारदेखि प्राइम– टाइल्स विथ स्टाइल औपचारिक रूपमा अब नेपाली बजारमा पाइने भएको छ । पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष आशिष गर्गले अबदेखि देशभर प्राइम टायल पाउने बताउनु भयो ।

उहाँले ५० प्रतिशत स्वेदेशी माटो प्रयोग भई उत्पादन हुने टायल नेपालका लागि उपयुक्त हुने बताउनु भयो। उहाँले वार्षिक १५ अर्ब रुपैयाँबराबरको टायल नेपालमा आयात हुने गरेको बताउनु भयो । उहाँले ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महँगो र पहुँचभन्दा बाहिर रहेको भन्दै अब प्राइम सेरामिक्सले उत्पादन गर्ने प्राइम– टाइल्स विथ स्टाइलले देशको कुल खपतको एक–चौथाइ माग पूरा गर्ने विश्वास लिएको बताउनु भयो ।

उहाँले कम्पनीले वार्षिक उत्पादन गर्ने टायलले आयात कम गर्ने पनि बताउनु भयो। अध्यक्ष गर्गले आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले उधोगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने बताउनु भयो । उहाँले स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायल जस्तै गुणस्तरीय रहेकाले उपभोक्तालाई सहज हुने बताउनु भयो ।