Breaking

आज पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुँदै, उद्घाटन प्रधानमन्त्रीले गर्ने


काठमाडौँ – गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुँदै छ।

भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन्।

मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताइन्। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ।

मुख्यमन्त्रीको भेला दोस्रोपटक हुन लागेको हो। यसअघि २०७५ भदौ २१ र २२ गते गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक मुख्यमन्त्रीहरूको भेला भएको थियो। भेलाले आठबुँदे घोषणापत्र पनि जारी गरेको थियो।

यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण स्थगन गरिएको थियो।