Breaking

कोशी प्रदेशमा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्ताव अलपत्र, आज पुनः बैठक बस्दै


काठमाडौँ – कोसी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मत सम्बन्धि प्रस्ताव नै अलपत्र परेको छ ।

बिहीबार बसेको विशेष बैठकमा मूख्यमन्त्रीले विश्वसाको मत लिने सम्बन्धि प्रस्ताव पेश भई त्यसमा छलफल समेत टुंगिईसकेको अवस्थामा मूख्यमन्त्री कार्की नै सदनबाट बाहिरिएपछि प्रस्ताव अलपत्र परेको हो ।

केही समयका लागि भन्दै बाहिरिएका मूख्यमन्त्री कार्की साँझसम्म पनि सदनमा नफर्केपछि सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो ।

मुख्यमन्त्रीका लागि बहुमत पर्‍याउने एक मत आवश्यक पर्ने अवस्था छ । तर, एक मत जुटाउने प्रयासका लागि मुख्यमन्त्री कार्की सदनबाट बाहिरिएको विपक्षीहरुको आरोप छ ।

सभामुख गौतमले शुक्रबार बिहान ११ बजेका लागि पुनः प्रदेशसभाको बैठक डाक्नु भएकाले विश्वासको मत सम्बन्धि प्रस्ताव पुनः अघि बढ्ने छ ।