Breaking

ओली–प्रचण्ड भिड्दा कांग्रेसलाई हाईसञ्चो, माधव देउवाको मतियार,मदनको सिद्धान्त तिलाञ्जली


काठमाडौँ — जनप्रिय नेता मदन भण्डारीको बिहीबार ७२ औँ जन्म जयन्ती मनाईरहँदा कम्युनिष्ट शक्तिहरु भने थप संकटमा छन् । एमालेले भण्डारीकै नाम र सिद्धान्तको ब्याज खाइरहेको छ भने अरु थुप्रै कम्युनिष्टहरु एकपछि अर्को जन्मिने क्रम रोकिएको छैन । फलतः भाई फुटे गवार लुटे भनेझै यसको फाईदा अर्को पक्षले लुटिरहेको छ । जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक भानिएका तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको बिहीबार ७२ औँ जन्म जयन्ती मनाईयो । वामपन्थी शक्तिलाई एकीकृत गरेर कम्युनिष्ट विचारधाराबाट जनताको जीवनस्तर उकास्ने सपना देखेका जननेता भण्डारीको सिद्धान्तलाई अहिले पनि कम्युनिष्टहरु आत्मसाथ गर्छन् ।

हिजो एउटै दलभित्र रहेर सहकार्य गरेका तर अहिले बाटो फरक बनाएकाहरु पनि मदन भण्डारीको सिद्धान्तमा टेकेर राजनीति गरिरहेका छन् । सदनमा कम्युनष्टिहरुको स्पष्ट बहुमतका बाबजूद पनि एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने प्रवृक्तिले त्यसको फाईदा अर्को शक्तिले लिईरहेको छ । सदनको सबैभन्दा ठूलो कम्युनिष्ट शक्ति प्रतिपक्षी कित्तामा हुँदा माओवादी केन्द्रसहित केही टुक्रे कम्युनिष्ट पार्टीहरु भने सरकारको बागडोर सम्हालिरहेका छन् ।

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र प्रेम सुवाल नेतृत्वको नेपाल मजदुर किसान पार्टीदेखि राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादी हुँदै सरकारकै नेतृत्व गरिरहेको माओवादी केन्द्र र दोस्रो ठूलो दल नेकपा एमालेसमेत एक हुने हो भने सदनमा स्पष्ट बहुमत पुग्छ । तर आपसी मदभेदका कारण उनीहरु एकीकृत हुन सकिरहेका छैनन, भाई फुटे गवार लुटे भनेझैँ यसको फाईदा अर्कैले लिईरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत सबै उच्च तहको जिम्मेवारी कम्युनिष्टहरुले पाएका थिए ।तर जब उनीहरु फुटे, सबै गुमाउन पुगे । गएको मंसिरको चुनावपछि पनि जुटेको वामपन्थीले सबै पाउने संकेत थियो । तर, एकले अर्काको अस्तित्व नस्वीकार्ने कम्युनिष्टहरुको पुरानै रोग बल्झिएपछि त्यो सम्भावना टर्यो ।

ओली प्रधानमन्त्री हुँदा कम्युनिष्टको सत्ता ढालेर माधव र प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने वातावरण बन्यो । अहिले ओली खुलेआम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँनुपर्छ भनिरहेका छन् । नीतिगत भन्दा व्यक्तिगत तुष हावी हुँदा कम्युनिष्टको सरकार ढाल्न कम्युनिष्ट आफै लागिपरेका छन् ।

जननेता मदन भण्डारीले छरिएर रहेका सबै कम्युनिष्टहरुलाई एक गर्दै राजासँग लडेर कम्युनिष्ट शक्तिलाई लोकप्रियसँगै उदय नै गराएका थिए । तर, अmभै पनि भण्डारीकै सपना बोकेको भन्ने हुंकार गर्नेहरुको व्यवहार भने ठ्याक्कै त्यसको उल्टो छ, परिणामत कम्युनिष्टहरु चिरा पर्दै गइरहेका छन् । जसको प्रत्यक्ष फाइदा कांग्रेस आफ्नो पोल्टामा खाँदी खाँदी हालिरहेको छ । हाल जडवादी कम्युनिष्टहरु कोही नभएको भन्दै कांग्रेस लाभ उठाइरहेको छ ।

वामपन्थीहरु एक ठाउँमा उभिए कम्युनिष्ट सिद्धान्त मात्र होइन जनताका लागि कम्युनिष्ट शासन समेत ल्याउन सकिने कम्युनिष्ट आन्दोलनका नेताहरु बताउँछन् । तर, नेपालका कम्युनिष्टहरु एकअर्काको खुट्टा तान्नमा नै व्यस्त छन् । कम्युनिष्टहरुले अहिले देखाएको जस्तो कार्यशैली अझै नसुधार्ने हो भने नेपाल विस्तारै पश्चिम बंगालकै जस्तो अवस्थामा पुग्ने निश्चित छ ।स्मरण रहोस् कम्युनिष्टको गड बानिएको भारतको पश्चिम बंगालमाकार्यशैलीकै कारण भएको शक्ति गुमाउनुपरेको थियो ।

०७४ को निर्वाचनमा २० सिट जितेको कांग्रेसले गत आम चुनावमा ८९ सिट हात पार्याे । एकले अर्कालाई कम्युनिष्ट नै स्वीकार्न नसक्दाको परिणाम कांग्रेस शक्तिशाली बन्दै गएको देखिन्छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले अगाडि सारेको मार्गमा कम्युनिष्टहरुअगाडि बढिरहेको बताइरहँदा कम्युनिष्टले आफ्नो एजेण्डा छोडेर कांग्रेसको पथमा हिडेको निष्कर्ष कांग्रेसीहरुले निकाल्न थालेका छन् ।

अहिले केही वामपन्थीहरुले समाजवादी मोर्चा गठन गरे पनि विगतमा गठन भएका यस्ता मोर्चाको परिणाम आम नेपालीले देखि नै सकेका छन् । भण्डारीको नाम र सिद्धान्तमा ब्याज खाइरहेका पार्टी र तिनलाई सञ्चालन गर्ने नेताहरु सर्वसत्तावादमा रमाइरहने प्रवृत्ति बसेसम्म वामशक्तिहरु दीर्घकालसम्म पुनः एकीकृत हुने सम्भावना कम देखिन्छ ।