Breaking

ललिता निवास नाटक मात्र,ठुला नेता यसरी जोगिँदै , कसले को किन जोगाए ?


काठमाडौँ — ललिता निवास प्रकरणको फाईल फेरि खुलेपछि यसले राजनितिक वृद्धदेखि आम जनमानसमा पनि एउटा तरंग निम्त्याएको छ । संभवत नेपालको इतिहासमा एउटै प्रकरणमा सर्यौको संख्यामा आरोपी भएको यो नै पहिलो मुद्धाहो । यस कारण पनि आरोपीउपर कानुनी प्रक्रिया कुन ढङ्गले अगाढि बढ्छ भन्ने सर्वत्र चासोको विषय छ । सरकारले भ्रष्टाचारीलाई कार्वाही गर्ने अडानै लिएर बसेको छ । मंगलबार ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सात मध्ये तीनजना अदालतको स्टे अर्डरकै कारण छुटे । बाँकी रहेका आरोपीहरु पनि हातमा सलाइन पानी बोकेर बसेका छन् ।

एकैपटक प्रेसर, दम र ज्वरो बढेको छ । सीआईबीले कहिले अस्पताल कहिले अदालतकोचक्कर लगाइरहेको छ ।मंगलबार पक्राउ परेपछिभाटभटेनीकामालिकमीनबहादुर गुरुङ, पूर्वनिर्वाचनआयुक्त सुधीरकुमार शाह र मालपोतकापूर्व खरिदार गोपाल कार्की विरामी परेका हुन् । पूर्व अधिकृत धर्म प्रसाद गौतम पनि ढल्ने अवस्थामा छन् । अवस्था कस्तो सम्म बन्यो भने सीआईबीले थुनामा पठाउने तयारी गरेकै बेला उनीहरुलाई अस्पताल पु¥याउनु प¥यो ।

रातभर अस्पतालको बास गरेका उनीहरुले बुधबार सरकारी वकिलको कार्यालयलाई पनि ईमर्जेन्सी वार्ड जस्तै बनाए । अहिले हिसरासतमै बसेर ओखती मुलो खाईरहेका छन् । ललिता निवास प्रकरणमा फाइल उल्टायरै अनुसन्धान गरीरहेको सिआईवीले हदम्यमाद नराखी अनुसन्धान गरीरहेको छ । प्रहरीले तथ्य र प्रमाण पुगेका साना हुन कि ठूला कसैलाई पनि नछोड्ने संकेत गरेको छ ।

भिडियो