Breaking

पुराना सवारी हटाउने निर्णयविरुद्ध प्रदर्शन


काठमाडौँ — २० वर्ष पुराना सवारीसाधनहरू हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले विरोध प्रदर्शन गरेका छन् । विभिन्न यातायात समिति तथा व्यवसायी आवद्ध राष्ट्रवादी केन्द्र नेपालले गरेको आन्दोलनले काठमाडौंको माछापोखरी आज तनाव ग्रस्त बनेको छ ।

आन्दोलनका कारण बालाजु माछापोखरी सडक खण्डबाट आवत जावत हुने सवारी अवरुद्ध भएको छ। साथै आन्दोलन क्षेत्र बालाजुको माछापोखरी क्षेत्रमा बाक्लो रुपमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।