Breaking

कोशीमा एमालेलाई भोट दिँदैनौँ: कांग्रेस


काठमाडौँ — नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् । प्रदेशसभा सचिवालयमा संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारलाई विश्वासको मत भने नदिने स्पष्ट पारे । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक रहेको बताउँदै उनले उनको त्यसको जवाफ संसदबाटै दिने पनि बताए ।

ुबरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानू ठूलो कुरा भएन । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौँ थापाले भने । उनले ४ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र (जसपा)बीचमा एक भएर अघि बढ्ने सहमति भएको जानकारी गराउँदै सहमति अक्षरश पालना हुने दाबी गरे । उनले भने, त्यसमा कुनै शंका गर्नु पर्दैन । उनले प्रदेशको जनमत नै अलि असहज खालको प्राप्त भएकाले यो अवस्था आएको उल्लेख गरे ।