विदेश

आदिपुरूषबारे भारतीय सेन्सर बोर्डलाई अदालतको प्रश्न : यस्तो फिल्म कसरी पास भयो ?


काठमाडौँ – इलाहाबाद उच्च अदालतले आदिपुरूष सेन्सर बोर्डबाट पास हुनु त्रुटीपूर्ण भएको बताएको छ ।

उच्च न्यायालयको लखनउ बेन्चले बुधबार लगातार तेस्रो दिन फिल्म आदिपुरुषमा आपत्तिजनक संवादको विषयमा सुनुवाइ गरेको थियो । अदालतले रामायणका पात्रलाई हिन्दूहरूले पूजा गर्ने गरेको तर फिल्ममा ठट्टाको रूपमा देखाइनु आपत्तिजनक भएको बतायो ।

अदालतले सेन्सर बोर्डलाई फिल्म कसरी पास भयो भनेर प्रश्न समेत गरेको छ । सुनुवाइका क्रममा फिल्म पास गरेर सेन्सर बोर्डले गल्ती गरेको ठहर अदालतले गरेको छ।‘म स्पष्ट पार्न चाहन्छु, कुनै एक धर्मलाई नबिगार्नुहोस्, कुनै पनि धर्मको गलत व्याख्या नगर्नुहोस्,’ न्यायाधीशले भनेका छन् ।

फिल्ममा हनुमानको संवादलाई लिएर निकै विवाद भएको थियो । दर्शकले टपोरी संवाद भनेका छन् । प्रभास र कृति सेनन स्टारर फिल्म ‘आदिपुरूष’ रिलिज भएदेखि नै विवाद चलिरहेको छ ।