Breaking

६ दिनपछि निकालियो टाइटानिक हेर्न गएको पनडुब्बीको भग्नावशेष


काठमाडौँ – टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष ६ दिनपछि निकालिएको छ ।

४ जना अर्बपति पर्यटकसहित एक पाइलट रहेको उक्त पनडुब्बी १८ जुनमा एट्लान्टिक महासागरमा १२ हजार फिट तल हराएको थियो । उक्त जहाज २२ जुनमा १६ सय मिटर पर भेटिएको थियो ।

पनडुब्बीमा सवार पाकिस्तानी मूलका अर्बपति शहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति हामिश ह्यार्डिङ, फ्रेन्च एक्सप्लोरर पल आनरी र पाइलट स्टकटन रशको ज्यान गएको थियो ।

टाइटनसँग सम्पर्क टुटेपछि अमेरिकी कोस्ट गार्ड उद्धारमा जुटेको थियो। पाँच दिनपछि भेटिएको बेपत्ता पनडुब्बीका ५ वटा भग्नावशेष टुक्रा फेला परेका थिए । भग्नावशेष पनडुब्बी निकालिएपछि बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ ।

नडुब्बीको भग्नावशेषको फोरेन्सिक जाँचपछि विस्फोटको कारण थाहा हुने कोस्ट गार्डले बताएको छ ।