Breaking

प्रधानमन्त्रीसँग राष्ट्रियसभा अध्यक्षको भेटवार्ता, चीन भ्रमणमा भएका कुरा सुनाए


काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

उनले चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।