Breaking

बहुमतले बजेट पास, ढुक्क प्रचण्ड, ओली भन्छन्, – सरकारले विश्वास गुमायो, माधव र जसपाको नाटक मात्रै 


काठमाडौँ — प्रतिनिधिसभाको बहुमतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारित भएको छ ।२५५ उपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ सांसदले पक्षमा र १०८ सांसदले विपक्षमा मत हाले । प्रमुख प्रतिपक्षीदल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्रपार्टी र जनमतपार्टीले बजेटको विपक्षमा मत हालेका हुन् ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाको बहुमतले पारित भएको छ । प्रतिपक्षी दलहरुले विपक्षमा भोट हाले पनि २५५ उपपस्थित बैठकमा १४७ सांसदले पक्षमा भोट हालेपछि बजेट बहुमतले पारित भएको हो । बजेट पारित गर्नु अघि बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने जानकारी गराएका थिए ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूचि १६ को खण्ड (क) को क्रमसंख्या १० मा रहेको प्रावधान हटाएर हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी हाल कायम रहेको व्यवस्थालाई नै यथावत राखिने उनले जानकारी गराएका हुन् । यस अघि यहि विषयमा सांसदहरुले असन्तुष्टि जनाएका थिए । निर्वाचन कार्यलय खारेजीबाट पछि हटेर सरकारले बजेट पारित गराएको हो ।
भिडियो