Breaking

सहकारीका माफियालाई राज्यकै संरक्षण, सञ्चालकको धम्की, पीडित मर्न बाध्य, सुधार्न बालेनको कदम


काठमाडौँ — सहकारीमाथिको विश्वासनीयता थप गुम्दै जाँदा संचालकहरुले समेत बचतकर्ताको बचत फिर्ता गर्न सकिरहेका छैनन् । वचतकर्ताकै सम्पत्तिमा राईदाई गर्न पल्केका संचालकहरु वचतफिर्ता नगरी फरार हुने क्रमबढ्दो छ । आम सर्वसाधारणले खाई नखाई गरेर जम्मा गरेको रकम लिएर भाग्नेहरु क्रमशःप्रहरीको फन्दामा पर्न थालेका छन् । कुनै समयमा‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी’भन्ने नाराखुबै घन्कियो ।

अर्थतन्त्र सुधारको मेरुदण्डको रुपमा सहकारीलाई लिईयो । तर, अहिले वचतकर्ताहरुको पैसामाराईदाई गर्न पल्केकाहरुकै कारण सहकारीप्रति हेर्न नजर बदलिएको छ । सहकारीमा पैसा राख्नेहरुले पनि धमाधम वचत झिक्न थालेका छन् भने वचत फिर्ता गर्न नसक्नेहरु फरार हुन थालेका छन् । केही वर्ष अघि एकातिर रोजगारीको अवसर सिर्जना हुने र अर्कातिर सस्तो व्याजमा सहज रुपमा कर्जा पाउने भएपछि आम सर्वसाधारण पनि बैंकलाई छोडेर सहकारीतर्फ आकर्षित भएका थिए ।

तर सेयर धनी र लगातीकर्ता खातावलाको विश्वास जितेको सहकारी सञ्चालकको भित्री योजना एक पछि अर्को सार्वजनिक हुँदै गएको छ । अहिले ठूल्ठूला नाम चलेका सहकारीहरुनै वचत कर्ताको रकम खाएर भागिरहेका छन् । पूर्वसांसद तथासिभिल सहकारीका इच्छाराज तामाङले एकहजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताको पाँच अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँठगी गरेको अभियोगमा जेलको सजाय भोगिरहेका छन् ।

मंगलबार मात्रै १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँठगीगरि फरार रहेको शिव शेखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा न्यौपानेलाई प्रहरीले भारतबाट पक्राउ परे । देशैभर ३५ वटा जिल्लामा सहकारीको शाखा विस्तार गरेको शर्माले १ लाख ६८ हजार ७ सय २५ निक्षेप कर्ताको रकमबाट आफ्नो र आफन्तको नाममा जग्गा जमिन, सवारी साधान लगायत अनु उत्पादक क्षेत्रमा लगानी गरेको भेटिएको छ । तर, वचतकर्ताले आफ्नै सम्पत्ति माग्दा समेत सञ्चालकहरुले धम्कीदिने गरेका छन् ।

भिडियो