Breaking

अस्पतालबाट राष्ट्रपति पौडेल डिस्चार्ज


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल बुधबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईकाअनुसार विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई पौडेल राष्ट्रपति निवास फर्किएका छन् । चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ ।