Breaking

रास्वपाले बजेटको विपक्षमा मतदान गर्ने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार आज बिहान सांसदहरूसँग भएको छलफलबाट पार्टी बजेटको विपक्षमा उभिने निर्णय भएको हो ।

प्रचण्ड नेतृत्वको सरकारबाट गत माघ २२ गते बाहिरिएपछि रास्वपा प्रतिपक्ष कित्तामा उभिएको छ । प्रतिनिधिसभामा रास्वपाका २२ सांसद छन् ।