Breaking

बजेटका पक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्विप


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने निर्णय गरेको छ ।

समाजवादीका सांसद अम्मरबहादुर थापाका अनुसार बजेट पासका पक्षमा उभिने दलको बैठकले निर्णय गरेको हो । बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको जनाएको छ ।

बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए । बुधबार बिहान दलको बैठक बसेको थियो । एकीकृत समाजवादीमा १० सांसद छन् । सरकारमा एक राज्यमन्त्रीसहित ३ जना मन्त्री छन् ।