Breaking

आज न्यायपरिषद् बैठक बस्दै


काठमाडौँ – सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिको सिफारिस गर्न न्यायपरिषद् बैठक बुधबार बस्दै छ ।

परिषद्ले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना रहेको छ  । गत सोमबार बसेको परिषद् बैठकमा न्यायाधीश नियुक्तिमा सहमति नजुटेपछि बुधबार पुनस् बैठक बस्न लागेको हो ।

परिषद्का अनुसार गत वर्ष साउनमा उच्चका २७ न्यायाधीशका लागि आवेदन आह्वान भएकोमा संक्षिप्त सूचीसमेत तयार भइसकेको छ  ।

सहमति जुटे सर्वोच्चमा पनि न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । सर्वोच्चमा हाल ६ न्यायाधीशको दरबन्दी रिक्त छ । उच्चमा ४१ जना न्यायाधीशको पद रिक्त छ  ।