Breaking

सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ : एमाले


काठमाडौँ – नेकपा एमालेले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएको छ ।

सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने उल्लेख गरिएको छ । यसलाई लिएर मंगलबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले संसद अवरुद्ध गरेका छन् ।

त्यसक्रममा एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यो सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ । नियोजित ढंगले आउने निर्वाचन प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहीत छ ।’
यसबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए ।