Breaking

शिवशिखर सहकारीका पूर्वअध्यक्ष भारतबाट पक्राउ, १४ अर्ब रुपैयाँ ठगी गरेको आरोप


काठमाडौँ – भक्तपुरस्थित शिवशिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई भारतको मुम्बइमा पक्राउ गरी नेपाल ल्याएको छ ।

शर्मामाथि सहकारीमा रहेको सर्वसाधारणको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ । मुम्बईस्थित एक प्रान्तीय सांसदको घरमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेको सीआईबी स्रोतले बताएको छ ।

भक्तपुरमा शिवशिखर सहकारी सञ्चालन गर्दै आएका शर्माले नै मोरङमा तुलसी सहकारी संस्था खोलेका थिए । सहकारीमा राखेको बचत फिर्ता नपाएपछि सर्वसाधारणले प्रहरीमा उजुरी दिएका थिए ।

मोरङस्थित तुलसी सहकारीमा निक्षेप हिनामिना भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।