Breaking

जोखियो सुनको जलहरी ,सेनाको रोहबरमा सुन अख्तियारको चासो धेरैको बन्न सक्छ गलपासो


काठमाडौँ — पुशपतिको जलहरीमा घोटाला गरेको आरोप खेपेपछि पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुले अन्ततःभगवानलाईनै उदाङ्गो पारेर आफुलाई अख्तियारको घेराबाट चोख्याउन खोजेका छन् । आईतबार सन्ध्याकालिन आरती मध्यानमै गएर पशुपतिको ढोका बन्द गराएका कोषका कर्मचारीले रातभरी तलासी लिएर जलहरीको वजन गराएका छन् । मध्यराती तौलिएर सकिएको जलहरीको वजन लगभग पुगेको भनिएको छ पशुपतिको जलहरी १०७.७६ किलोग्राम हुनु पर्नेमा १०७.४६८७ किलोग्राम भएको छ । यसमा अपुग भएको तौल पानी र दहीले पखालिएको दाबी गरिएको छ ।

अख्तियार छिराएर नाप तौल सकेपछि कोषका हाकिमहरु क्लिनचिटको आसमा छन् । तर अख्तियारको अनुसन्धानमाथिनै सांसदहरुले प्रश्न उठाएका छन् । सोमबार प्रतिनधीसभामा बोल्दै कांग्रेस सांसद प्रदिप पौडेलले तत्कालिन समयमानै महालेखाले उठाएको विषयमा अख्तियार २ वर्षपछि पशुपतिमा छिर्नु शंकाको विषयभएको दाबी गरे ।

जलहरीको सुन घोटालामा जोडिएका कोषका कर्मचारीले भने सुनलाईनै पानीले पखालेर पुनवजन गराई आफुलाई सुन पानीले चोख्याएउन खोजेका छन् । यस अघि जलहरी राख्ने बेला तयार गरीएको मुचुल्कानै केरमेट गरेको सार्वजनिक भएपछि कोषका कर्मचारी घोटला प्रकरणमा मुछिएका थिए । महा लेखाले समेत जलहरीम ाप्रश्न उठाए पछि पेचिलो बनेको यो प्रकरणले संसदमा समेत प्रवेश पाएपछि हंगामा भएको थियो ।

भिडियो