काठमाडौँ — आज जुन २६, अर्थात लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालसँगै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । लागुऔषध विरुद्ध अन्तर्राष्ट्रिय अभियान जति वृहत्तर छ लागुऔषध दुर्वव्यसनी समेत दिनप्रतिदिन बढ्दो छ । तथ्याङक अनुसार २५ देखि २९ वर्षका युवाहरु लागुऔषध दुर्वव्यसनीको उच्च जोखिममा छन् । हरेक वर्ष जुन २६ का दिन विश्वभर विभिन्न कार्यक्रम गरी लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस सन् १९८७ को घोषणापत्र अनुमोदन यता यो दिवस मनाउन थालिएको हो । यो वर्ष लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता व्यक्ति, समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने नारा सहित सोमवार लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । दिवसको अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागु औषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको कार्यन्वयन गर्न सबैपक्षबाट इमान्दार प्रयासको आवश्यकता रहेको बताएका छन ।
नेपाल प्रहरीको तथ्याङक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म लागु औषध सम्बन्धि ३ हजार ७ सय १२ मुद्धा दर्ता भएका छन । जसमा ५ हजार ६ सय ११ जनालाई प्रहरीले पक्राउ गरिसकेका छन । पछिल्लो ५ वर्ष २०७६ साल यता १७ हजार बढी मुद्धा दर्ता भएको छ भने २६ हजार बढी पक्राउ परेका छन । लागु औषध दुव्र्यसनीमा १५ देखि २९ वर्ष उमेरसमुह बढि प्रभावित छन ।
नेपाल प्रहरीको तथ्याङ अनुसार २५ वर्ष देखि २९ वर्ष उमेर समुहका झन्डै ४० प्रतिशत युवा लागु औषध दुर्वव्यसनीको शिकार बनेका छन । लागु औषध प्रयोगकर्ताको संर्वेक्षण २०७६ अनुसार नेपालमा १ लाख ३० हजार युवाहरु लागुऔषधको प्रयोगकर्ता रहेको थियो । वार्षिक प्रयोगकर्ताहरुको अनुपात पाँच प्रतिशत छ । जसका आधारमा नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या डेढ लाख नाघि सकेको अनुमान छ । भने अपराधमा समेत ९ प्रतिशतले बृद्धि भएको सरकारी तथ्याङ्क छ । लागु औषध दुव्र्यसनका अवस्था थप भयावह बन्दै गएको छ ।
लागुऔषध नियन्त्रण ऐन संशोधन गर्ने, लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने, माध्यमिक तहका सामाजिक विषयका शिक्षकलाई लागु औषधसम्बन्धी प्रशिक्षण दिई विद्यार्थीलाई पढाउन लगाउने जस्ता विषय समेटेर सरकारले लागुऔषध रोकथाम तथा नियन्त्रण गुरुयोजना नै बनाएर काम गरे पनि त्यसको प्रभावकारिता कति छ कुनै लेखाजोखा छैन ।
विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति नै दुव्र्यसनमा फसिरहेको छ । जसको प्रत्यक्ष असर व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि समेत जोखिमपूर्ण नहुने कुरै भएन । यसतर्फ सरकारसँगै सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।


प्रतिक्रिया