Breaking

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने


काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले यही असार १४ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेका लागि आह्वान गरेका छन् । संविधानको धारा १८३ को उपधारा १० बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोशी प्रदेश सभाको दोस्रो अधिबेशन ३१ गते अन्त्य गरिएको थियो । कोशी प्रदेश सरकालाई सत्ता साझेदार दलहरुले दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनका लागि अधिबेशन आह्वान गरिएको हो ।