खेलकुद

अमेरिकालाई दियो जिम्बावेले ४ सय ९ रनको विशाल लक्ष्य


काठमाडौँ — आईसीसी एकदिवसीय विश्व कप छनोटमा जिम्बावेले अमेरिकालाई ४ सय ९ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनायो । जिम्बावेका कप्तान सेन विलियम्सले १ सय ७४ रन बनाए ।

उनले १ सय १ बलमा २१ चौका र ५ छक्का प्रहार गरे । यस्तै जोएलर्ड गुम्बीले ७८, सिकन्दर राजाले ४८ र रायन बर्लले ४७ रन बनाए । बलिङतर्फ अमेरिकाका अभिशेक परदकरले ३ र जेसी सिंहले २ विकेट लिए । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेको सर्वाधिक ठूलो योगफल हो । यस्तै हरारेमा एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनेको छ ।