Breaking

पशुपति विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । पाँच वर्षको अवधिमा ढकालले आर्जन गरेको सम्पत्तिमध्ये १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रूपैयाँ स्रोत नखुलेको भन्दै सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

पशुपतिनाथको जलहरी प्रकरणमासमेत मुछिएका ढकाललाई १ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बिगो कायम र त्यति नै जरिवाना तथा कैद सजायको माग गरिएको छ । २०७४ साल साउन ३२ गते कोषको सदस्यसचिव नियुक्त भएका ढकाल २०७९ जेठ ३० गतेसम्म पदमा रहेका थिए ।