Breaking

कोसी प्रदेश लोकसेवाले माग्यो सातौँ र आठौँ तहमा दरखास्त


काठमाडौँ – प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो ।

अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने बताइएको छ ।