Breaking

जसपा विधान अधिवेशन : आज समूहगत छलफल हुने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को जारी विधान अधिवेशनमा आजबाट समूहगत छलफल हुँदैछ । अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आजबाट समूहगत छलफल हुन लागेको हो ।

छलफलका लागि १० वटा समूह विभाजन गरिएको छ । आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको विधानमा आजबाट समूहगत छलफल हुन लागेको प्रचार विभागले जनाएको छ ।

केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरूले समूहगत छलफल गर्न लागेका हुन् ।