काठमाडौँ — अधिकांश स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका छन । प्रत्येक वर्ष असार १० गतेभित्र सार्वजनिक गर्नु पर्ने प्रावधान अनुरुप आज स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका हुन । प्रत्येक वर्ष असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप आज स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका छन । जस अन्तर्गत सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
राष्ट्रिय सभा गृहमा महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरिन् । महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्तहुने उपप्रमुख डंगोलले बताईन् । महानगरले १० वटागौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ ।
त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ । काठमाडौं महानगरले अब आफ्नै टेलिभिजन संचालनमा ल्याउने भएको छ । त्यसका लागि महानगरले ५ करोड बजेट छुट्याएको छ । त्यस्तै महानगरले धुलोरहित काठमाडौं बनाउनका लागि एक अर्ब रकम छुट्याएको छ ।
भिडियो
प्रतिक्रिया