काठमाडौँ — ईपिएस भाषा परीक्षाका लागि वार्षिक ८० हजारभन्दा बढी युवा युवतीहरु सामेल हुन्छन् । तिनै युवा युवतीहरुले ईपिएस कार्यालय घेराउँ गरेका छन् । आज दिनभर नै ईपिएस कार्यालय तनवाग्रस्त भएको छ । थकित मुद्रामा लामो सुस्केरा हाल्दै भित्तामा अडेसा लागेर बेचैनीमा देखिएका यी रामचन्द्र उपाध्याय हुन् । पोखराका रामचन्द्र काठमाडौं ग्वार्को स्थित इपीएस कार्यालय परिसरमाछन् । सयौंको कोलाहाल भीडले कार्यालय घेराउ गर्दा पनिउनलाई थकाईले छोडेको छैन । आज भन्दा १०,१५ वर्षअघि नै कोरिया गएका उनि दोहोर्याएर कोरीया जाने लाईनमा छन् ।
तर कोरीयाो चक्करमा खोरियै सकिन लाग्दा पनि जाने छाटकाट नदेखिएपछि आलस्य भएका उनि भुईमा पल्यात्तै बसेकाछन् ।सायद देशमै रोजगारीको सुनिश्चितता हुदो होत । यी नौ जवान युवाहरु टाउको फुटाएर यो भीडमा तछाड मछाड गर्दै कार्यालय घेराउ गर्न पुग्दैन थिए होला ।यो जथ्था । बेरोजगारीको एउटा नुमना हो । दैनिक यही संख्या पासपोर्ट च्यापेर खाडि हान्नि रहेकाछन. । कोरोनाकालमा घर फर्किएका रामचन्द्रले यो बीचमा अनेकन हण्डर ठक्कर खाए। कोरिया जानु प¥यो. हजुर भन्दै उनी तालुक निकायलाई पटक पटक आफ्नो वेदना सुनाए ।
तर उनको वेदना कसैले पनि सुनेन् । सुरुमा कोरियामा कमाएको पैसा नेपालमा लकडाउनका समय बसेरै खादै सकिउपछि उनि बेरोजगार भए । अहिले उल्टो ऋणको बोझ र आर्थिक चपेटमा परेपछि व्यभारले निसासिएका उनि बर्षौ देखि कोरीया जान्छु भन्दै फनफनी चक्कर काटी रहेकाछन् । तर अहँ उनको पालो कहिले आएन् । सेटिङमा आफ्ना लाई फुत्त फुत्ती भित्र भित्रै पठाईदा रामचन्द्र जस्ता सर्यौ यसरीनै अड्किएकाछन्। लामो समय देखि लिङगेरीङ भएर ओल्लो धार न पल्लो तिरको भएपछि आक्रोशित युवाहरु कार्यालय घेराउँ गर्नै पुगेकाछन् ।
यतिबेला कार्यालय परिसरमा कोरिया जान नपाएकाहरुको ठुलो भिड छ । धेरैले ईपिएस विरुद्ध नारा लगाइरहेका छन् । तर रामचन्द्रलाई नारा भन्दा पनि थकाईले नौ नारी गलेपछि निन्द्रा प्यारो भएको छ । धेरैलाई आफ्नो दुखेसो सुनाउँदा सुनाउँदै थकित उनी अहिले पनि कार्यालय परिसरमा थचक्क बसेर साथ दिइरहेका छन् । सवै प्रक्रिया पुगेपनि राजनीतिक पहुच नहुँदाबाहिर जान नपाएका उनको गुनासो छ ।
छाता र पम्पेलेट सहितको यो जमात ईपिएस कार्यालय परिसरको हो । वर्खामासको सिमसिमे झरीलाई पनि बेवास्था गर्दे उनिहरु कोरिया जान पाउनु पर्ने माग सहित कार्यालय घेराउ गर्न पुगेकाछन् । झरीको समेत प्रवाह नगरी पुगेको कार्यालय पुगेको यो भिड रहरले नभई बाध्यताले हो । सरकारले ठोस निती लिएर युवालाई स्वदेशमै रोजगारीको सुनिश्चितत गरेको भए सायद आज यो दिन आउने थिएन् । टाउँको फुटाएर विदेश जान पाउँ भन्दै युवाहरु सडकमा आउनु दुर्भाग्य हो । कार्यालय घेराउँ गर्ने पुगेका युवाहरु ईपिएस र नेपाल सरकारको चरम लार्पवाहीले आत्महत्या गनुपर्ने अवस्था पुगेको बताउँछन् ।
ईपिएस प्राणलीबाट कोरियाले सन २००८ देखि नेपाली श्रमिकहरु लैजाँदै आएको छ । यो प्रणाली मार्फत कोरिया रोजगारीमा प्रवेश गर्न पहिलो चरणमा भाषा परीक्षा पास गनुपर्छ । कोरियाले सन २०१९ देखि भाषामात्र होइन सीपसमेत परीक्षण गरेर मात्रै नेपाली कामदार लैजान थाल्यो । कामदार पनि भटाभट गए । पछिल्लो समय ईपिएस भाषा परीक्षाका लागि वार्षिक ८० हजारभन्दा बढी युवा युवतीहरु सामेल हुन्छन् ।
ती मध्ये १० हजारभन्दा बढीले भाषा परीक्षा उत्तीर्ण गर्छन्। । तर कोरिया चै कति जान्छन् भन्ने यकिन हुर्दैन् । भाषा पास गरेर कोरियामा वर्षो काम गरेर आएकाहरु प्नि अहिले कोरिया जान नपाएपछि ईपिएस कार्यालयमा आइपुगेका छन् । नयाँहरुलाई भटाभट तयारी गराइरहे पनि पुरानोहरुले अहिले कार्यालय घेराउँ गरेका छन् । ६ हजार भन्दा धेरैको निद छिनिएको छ । ईपिएस कार्यालय पनि कमिसन तन्त्रमा लिप्त भएको धेरैको आरोप छ ।


प्रतिक्रिया