Breaking

वानएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार मगर पक्राउ


काठमाडौँ — वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार मगरलाई पक्राउ गरेको हो । उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन् ।

काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो । उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ । यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।