Breaking

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौँ – जुन १४ तारिख यता मनसुन नेपाल प्रवेश गरेसंगै देशभर दिनदिनै वर्षा भइरहेको छ ।

अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । यस क्रममा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा दिउँसो वर्षाको सम्भावना भए पनि भारी वर्षाको सम्भावना भने नदेखिएको महाशाखाले जनाएको छ ।