काठमाडौँ — अमेरिकाको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गरेका छन् । भ्रमणका क्रममा अमेरिकी ‘फस्र्ट लेडी’ जिल बाइडेनलाई हिरा उपहारदेखि भारतीय वायु सेनाका लागि लडाकु जेटको इन्जिन भारतमै बनाउने सम्झौता गरेका छन् । पछिल्लो समय भारतिय प्रधानमन्त्री नरेद्र मोदी अष्ट्रेलियाको भ्रमणबाट विश्वमै एक खाले मिडियाको ध्यान खिचेको थियो । अझै धेरै चर्चा त मोदीलाई पपुवा न्यू गिनी पुग्दा भव्य स्वागत मात्रै गरेनन् विमानस्थल पुगेका पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरे । यो त झनै चर्चाको विषय बन्यो ।
चर्चा नै चर्चाकाबीच भारतीय प्रधानमन्त्री मोदी अहिले विश्वकै शक्तिशाली देश अमेरिकाको भ्रमणमा छन् । अमेरिका भ्रमणका क्रममा उनी थप चर्चाको केन्द्रमा रहेका छन् । मोदीले पहिलो राजकीय भ्रमणका क्रममा अमेरिकी फस्र्ट लेडी जिल बाइडेनलाई हिरा उपहार नै दिएका छन् । मोदीले दिएको हिरा उपहार अहिले भारत र अमेरिकी संचारमाध्यममा चर्चाको विषय बनिरहेको छ । भ्रमणमा रहेका मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन समेत गरेका छन् । सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्दै मोदीले जनताको सेवामै प्रजातन्त्रको अर्थ हुने बताएका छन् ।
अमेरिका र भारतबीचको सम्बन्धको चर्चा गर्दै उनले भारत अब छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने घोषणा समेत गरे । अमेरिका भारतको महत्वपूर्ण रक्षा साझेदार बनेको भन्दै मोदीले आतंकवाद विरुद्धको लडाईमा कुनै सम्झौता हुदैन । भारत अघि बढ्दा विश्व नै अघि बढ्ने भन्दै रुस युक्रेन युद्धले विश्वलाई नै पीडा दिएको बताए ।
रुस–युक्रेन युद्धबाट मोदीले यो भन्दा बढी टिप्पणी भने गर्न चाहेनन् । चीन र पाकिस्तानप्रति सीधा टिप्पणी नगरे पनि मोदीले हिन्द प्रशान्त क्षेत्रमा टकरावको कालो बादल मडारिन थालेको बताए । मोदीले वैठकलाई सम्बोधन गरिरहँदा संसद तालीले गुञ्जायमान भएको थियो । दर्शकदीर्घाबाट मोदी, मोदी… भन्दै प्रशंसा गरिएको थियो ।
भ्रमणकै क्रममा अमेरिकाले भारतीय वायु सेनाका लागि लडाकु जेटको इन्जिन भारतमै बनाउने घोसणा गरेका छन् । अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको हो । जसलाई सैन्य क्षेत्रमा दुई देशबीचको महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको जारी अमेरिका भ्रमणका क्रममा यस्तो सहमति भएको हो । अमेरिकाको जनरल इलेक्ट्रिक (जीई) र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ९ वर्षको आफ्नो कार्यकालमा मोदीले पहिलो पटक अमेरिकाको राजकीय भ्रमण गरेका हुन् । विश्व शक्तिका रूपमा उदाउँदै गरेको चीनको चुनौतीलाई कम गर्न अमेरिकाले भारतको साथ खोजेको छ ।
त्यस्तै, आफ्नो सैन्य शक्तिलाई बढाउन भारतले पनि अमेरिकाको साथ खोजिरहेको छ । भारत सुरक्षा क्षेत्रमा अमेरिकाको अत्याधुनिक प्रविधिहरू प्राप्तिका लागि प्रयासरत छ । दुई देशबीच स्वास्थ्य, प्रविधि, नवीकरणीय ऊर्जा शिक्षा र रक्षा क्षेत्रका सम्बन्धमा सहकार्य हुने बताइएको छ । सैन्य क्षेत्रमा भारतको ठूलो निर्भरता रुसमाथि छ । रुस र युक्रेनबीच युद्ध चर्किएयता अमेरिका र पश्चिमा मुलुकहरूले रुसमाथि विभिन्नखाले प्रतिबन्ध लगाएका छन् ।
तर, सैन्य सामग्रीमाथिको निर्भरताले भारत रुससँग टाढिन सकेको छैन । बरु रुससँगको व्यापार झनै बढाएको छ । रुस र युक्रेनको तनाव अमेरिका र चीनको छिनछिनको बदलाभकोवीचमा र यता मोदीको कार्यकाल टुङगिने अबस्था, यो अबस्थामा मोदीको भ्रमण, भारतका लागि मात्रै नभएर अन्तराष्ट्रि रुपमै चासोपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया