Breaking

सदनमै रातोपिरो भए प्रचण्ड, सांसद चिनेनन्, उत्तर हरायो, दिनदिनै चर्किनेहरु किन प्रश्न सोध्दैनन् ?

योहो संवाददाता

काठमाडौँ — शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुसँग प्रश्नोत्तर गरे । सांसदहरुले सोधेको प्रश्नहरुको लिखित जवाफ बोकेर रोस्टममा पुगेका प्रधानमन्त्री प्रचण्डजवाफ तयार पार्ने क्रममा भने अभ्यास नपुगेको जस्तो देखिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रश्नकर्ता सांसदलाई चिन्न सकेनन् भने सांसदको नाम थाहा नहुँदा त्यो प्रश्नको जवाफ नै फेला पार्न सकेनन् ।

सांसदको नाम र जवाफखोज्न थाल्दा उल्टै प्रश्न नै बिर्सन पुग । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खै किन हो जवाफ दिने क्रममा निक्कै अलमल देखिए । यसअघि नै प्रश्न प्राप्त गरेर जवाफ लेखेर बसेकाप्रधानमन्त्री प्रचण्ड विद्यार्थीले चिट चोर्न खोज्दा सम्बन्धित प्रश्नको चिट हराएजस्तैगरी हतोत्साहित देखिए । संसदको रोस्टमा उभिएका उनले लेखेर ल्याएको त्यो चिट खै कता पर्यो पर्यो, सांसदको प्रश्न नै बिर्सिनेगरी खोज्दा पनि फेला पार्न सकेनन् ।

पजः (पत्र खोजिरहेको) १९ः२ बैठकमा दुई जना सांसदको नाम बिर्सिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः नाम सोधेका थिए । सांसद अञ्जनी श्रेष्ठ र अम्बिका बस्नेतको नाम प्रधानमन्त्री प्रचण्डले बिर्सिएका हुन् । उनले सुरूमा बोल्ने श्रेष्ठलाई नचिनेपछि सोधे– ‘अहिले भर्खरै बोल्ने माननीय सदस्यको नाम सोध्नुपर्ने भयो । त्यसपछि सभामुख देवराज घिमिरेले नाम अञ्जनी श्रेष्ठ रहेको बताए ।

उनले अञ्जली श्रेष्ठलाई मात्रै होइैन, अम्बिका बस्नेतको नाम पनि एकैछिनमा बिर्सिए । भर्खरै बोलेको सांसदको नाम बिर्सिएपछि संसदमा हाँसो गुञ्जियो । आफूले सांसदको नाम बिर्सिएपछि प्रधानमन्त्री प्रचण्ड रातोपिरो नै भए । हतहतपत गर्दै प्रश्नको जवाफ खोज्न थालेका प्रधानमन्त्री निक्कै लतपद देखिए, सांसदको नाम फेरि बन्नुपर्ने अवस्था आएपछि बैठकमा सांसदहरुले हाँसेर उँडाए ।

सभामुखले अम्बिका बस्नेत भनेर चिनाउँदा समेत प्रधानमन्त्री प्रचण्ड पुनः अलमलिए । प्रधानमन्त्रीलाई सभामुखमार्फत सांसदको नाम त थाहा भयो, फेरि उनले सोधिएको प्रश्न नै बिर्सिए । सांसद अम्बिका बस्नेतको प्रश्न हराएपछि प्रधानमन्मत्री प्रचण्डले पुनः प्रश्न सोध्न आग्रह गरे । प्रधानमन्त्रीले यस्तो हुनुमा आफ्नो तयारीमा कमजोरी देखिएकोस्वीकार गरे । उनले भने, ‘माननीय सदस्य फेरि प्रश्न भनिदिन म अनुरोध गर्दछु। मेरो तयारीमा केही कमजोरी रहेको देखियो ।

सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिले नै प्रधानमन्त्री कार्यालयमा संसद सचिवालयमार्फत गइसकेको हुन्छ र सम्बन्धित मन्त्रालयबाट जवाफ लेखेर पठाइन्छ । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड निक्कै अल्मलिए । प्रधानमन्त्रीको तयारीमा कमजोरी देखेपछि सांसद अशोककुमार चौधरीले आफ्नो पालामा भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो नाम अशोककुमार चौधरी हो, फेरि झुक्किनु होला ।’

शुक्रबारको बैठकमा सांसदहरुले महत्वपूर्ण विषयहरुसमेत उठाएका छन् । पछिल्लो समय नेपाली युवाहरू रूसी सेनामा भर्ती भइरहेको विषय बाहिरिएको छ । यसबारे सांसद अच्युतप्रसाद मैनालीले प्रश्न गर्दै रूस युक्रेन युद्धमा रूसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताए । रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारकाले नजिकबाट हेरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

सांसद मैनालीको प्रश्नमा पनि प्रधानमन्त्री प्रचण्डले त्यति गम्भीर जवाफ नदिएका हुन् । यसबारे सरकारले नियालिरहेको मात्रै भनेर प्रधानमन्त्री प्रचण्ड प्रश्नबाट उम्कने प्रयासमा रहे । अरु थुप्रै सांसदहरुले उठाएका प्रश्नहरुमासमेत प्रधानमन्त्री प्रचण्ड त्यति गम्भीर देखिएनन् । यसअघि नै टिपाईसकेको प्रश्नलाई नै सांसदले बैठकमा पढेर सुनाउने र यसअघि नै तयार पारिएको जवाफलाई प्रधानमन्त्री प्रचण्डले पढेर सुनाउने काम मात्रै संसद बैठकमा भयो ।

यो दृश्य हेर्दा केही अभिव्यक्त गर्न सकिन्थ्यो कि, कतिपय प्रश्नमा प्रधानमन्त्री प्रचण्डले पढेर सुनाएको जवाफमा उनी आफैं अनविज्ञ छन् । नत्र भने सांसदले उठाएको प्रश्नको जवाफ हाकाहाकी दिन किन सकेनन् ?प्रश्न सुनेपछि त्यसको जवाफ खोज्न पाना पल्टाउनुपर्ने अवस्था कसरी भयो ?आशा गरौँ, अर्को पटकको प्रश्नोत्तरमा प्रधानमन्त्री प्रचण्डबाट यस्तो गल्ती हुनेछैन ।