Breaking

रवि, बालेन र हर्कको एकता, नीति र नेतृत्व मिलाए ठूला दल पत्तासाफ, नयाँ प्रधानमन्त्री को ?


काठमाडौँ — राजनीतिक वितृष्णासँगै जन्मिएका नयाँ राजनीतिक शक्तिहरुप्रति आम नागरिकको आशा र भरोषा बढ्दो छ ।२०७९ को निर्वाचनसँगै उदाएका स्वतन्त्र जनप्रतिनिधि र नयाँ राजनीतिक शक्तिहरुबाट उनीहरुले ठूलो परिवर्तनको आशा गरिरहेका छन् । छोटो समयमै उदाएका यि शक्तिहरुलाई आम नेपाली जनता एकै ठाउँमा उभिएको देख्न चाहान्छन् ।

के अब रवि लामिछाने, बालेन शाह, हर्कलगायत नयाँ अनुहारहरु एकै ठाउँमा उभिन सम्भव छ ? गएको वर्ष २०७९ मा सम्पन्न संघीय र स्थानीय तहको निर्वाचनमा नागरिकले नयाँ अनुहारलाई अनुमोदन गरेर पठाए । स्थानीय तहको चुनावमा बालेन साह, हर्क सामपाङलगायत स्वतन्त्र उम्मेदवारी दिएकाहरु विजयी हुँदा त्यसैबाट हौसिएर रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे ।

पुराना राजनीतिक दलहरुप्रति देखिएको वितृष्णाकै कारण पार्टी घोषणा भएको केही समयमै लामिछाने नेतृत्वको रास्वपाले नागरिकको मन जित्न सफल भयो, चौथो राजनीतिक शक्तिको रुपमा उदायो ।एकछत्र राज गरिरहेका रैथाले दलहरुलाई पाखा लगाएरै निर्वाचित भएका उनै नेतृत्वले एकखालको झापड नै प्रहार गरे ।

अहिले उनीहरुले जनतासँग गरिएको बाचा पुरा गर्ने ध्याउन्नमा आ–आफ्नो ठाउँबाट सक्रियता देखाईरहेका छन् । पछिल्लो गतिविधिकै कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ्ले अहिले दिन दुईगुणा र रात चौगुणाको रुपमा वाहीवाही पाइरहेका छन । संचारकर्म छोडेर राजनीतमा होमिएको एक वर्षमै रवि लामिछाने नेतृत्वको रास्वपाले राजनीतिक छलाङ ह्वात्तै मार्न सफल भयो ।

नेपाली जनताहरु पनि परिवर्तनको पक्षमा उभिएकैले रास्वपाका उम्मेदवारलाई अनुमोदन गरेर संसद भवन पठाउन तयार भए । सभापति लामिछानेले छोटो अवधिमै रास्वपालाई संसद्मा २१ सिट सहित चौथौ स्थानमा उभ्याउन सफल भए । अझ उप–निर्वाचनमा हात पारेको थप सफलताले ठूलो दलमाथि थप दबाब बढ्यो । केही चर्चित अनुहारलाई पार्टीमा ल्याउन उद्धत उनै लामिछाने मिसन–८४ को अभियानमा छन् । अर्थात अबको संसदीय चुनावमा एकल बहुमत ल्याउने र आफ्नो नेतृत्वमा सरकार संचालन गर्ने ।

रास्वपाप्रतिको जनतामा जुन विश्वास र भरोषा थियो तर एकाएक सरकारमा गएर देखाएको चरित्रले भने जनतामा थोरै संसय पैदा गर्यो । अर्थात नयाँहरु पनि पुरानाभन्दा फरक रहेनछन् भन्ने सन्देश पर्न गयो । जब सरकारमा सहभागि भयो त्यसपछिका कदमले रास्वपालाई दोहोरो चरित्रको रुपमा चित्रण गरियो ।

जनताको मन जितेर मतमा परिणत गर्ने बेलामा जसलाई गाली गरियो उसैसँग काँधमा काँध मिलाउन पुगेको भनेर चर्को आलोचना भयो । राजनीतिमा एवम् सैद्धान्तिक चेत अभावका कारण पनि कयौ पटक स्वयम्् रवि लामिछाने पनि विवादमा तानिए। त्यही नजिरका कारण अहिले भने रवि लामिछानेमाथि समेतविकल्प खोज्न थालिएको छ ।

एउटा वर्ग जो भर्खरै उदाएको शक्तिलाई एकै स्थानमा देख्न चाहन्छ । तर, ति नेतृत्वबीचको दुरी भने झनझन बढ्दो छ । बालेन शाह र हर्क साम्पाङ्बीच पछिल्लो समय सुमधुर सम्बन्धको आभास भएपनि रवि लामिछानेप्रति बालेन शाह सकरात्मक छैनन् । सिहंदरबारदेखि अदालत हुँदै भारतसँग पौठेजोरी खेल्दै आफ्नो हक्कीपन देखाएका तीनै बालेन शाह रवि लामिछानेलाई सामाजिक सञ्जालबाटै व्यङ्ग्य प्रहार गरिरहेका हुन्छन् । प्रधानमन्त्री प्रचण्डसँग मिल्ल्दा होस् या केपी शर्मा ओलीसँग काँध मिलाउँदा राजनीतिक व्यङ्ग्य गनर्ग पछि परेन काठ मेयर बालेन ।

बालेनले मिटरब्याजीको प्रर्दशनमा रवि लामिछाने पुग्दा सांसदको लोगो लगाएर पुग्दा लाज लाग्नु पर्नेसमेत भने । नयाँ र पुरानामा केही फरक नभएको भन्दै चोरको समेत संज्ञा दिएका मेयर शाहले रवि लामिछानेमाथि अहिले पनि कटाक्ष गर्न छाडेका छैनन् । जनताको आशा र भरोषा बनेर उदाईरहेका यी नेतृत्वबीचको यो हदसम्मको दुरी कायमै रहँदा रवि, बालेन, हर्क जस्ता व्यक्ति एकै ठाउँ उभिएर मुलुकलाई निकाश दिनुपर्ने विश्लेशक बताउँछन् ।

त्यसोत २०७९ को निर्वाचनसँगै थ्रेट महशुस गरेका रैथाने दलहरु रवि, हर्क, बालेनहरु एक ठाउँमा उभिन सक्ने अवस्था आए २०८४ को निर्वाचनमा बढारिने अवस्था छन् ।कांग्रेस एमाले जस्ता रैथाले दलबाट अबको जनअपेक्षा पूरा हुन कठिन रहेको र पुराना सच्चिने कार्यशैली पनि नदेखिएकोले यतिबेला परिवर्तन चाहानेहरु विकल्पको खोजीमा छन् । मुलुक परिवर्तनका लागि एकै ठाउँमा उनीहरुलाई हेर्न चाहने जमात बलियो हुँदा उनीहरुबिचको दुरी झन बढ्दै गएको देखिन्छ ।