Breaking

माओवादीमा मिसिदै विप्लव, बन्ला त महासचिव ? अव के चहन्छन प्रचण्ड ? मोर्चा मात्रै कि एकता पनि ?

योहो संवाददाता

काठमाडौँ — तेस्रो राजनीतिक शक्ति भएपनि दुई ठूला शक्तिलाई कज्याँउदै सत्तासिन भएका प्रधानमन्मत्री पुष्पकमल दाहाल प्रचण्ड वेमौसमी मोर्चाले पुन चर्चामा छन । रणनितिक भनिएको मोर्चाका सदस्यहरुमा देखिएको सैद्धान्तिक मतभिन्नताको अवस्था र कांग्रेसको साथमा समाजवाद खोज्ने अवस्थामाथि नै अहिले प्रश्न छ ।

जहाँ कम्युनिष्ट घटकको नेतृत्व गर्ने प्रचण्डको हुटहुटिले समेत यसलाई साकार पारेको धेरैको बुझाई छ । त्यसो भए अव प्रचण्ड के चहान्छन त ? आफूलाई अप्ठेरो परेका बेला मोर्चाबन्दीको प्रयास गर्ने कार्यलाई रणनीतिकै रुपमा अघि सार्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्को अश्त्र फालेका छन । सत्ता सहजताकै अवस्थामा रहेका उनले समाजवादी नामको मोर्चा बनाएपछि उनको सम्भावित आगामी कदमबारे विभिन्न टिप्पणी सुरु भएको छ ।

एकातर्फ यसको परिकल्पनाकार नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा प्रचण्डलाई गोरखा दिएर उद्धार गरेका डा.बाबुराम भट्टराई नै यसमा नसमेटिनु तथा प्रधानमन्त्री बनेको ६ महिनामा वल्ल मोर्चाबन्दीको निचोडमा पुग्नुले समेत यसको चर्चा बढेको हो । हुन त उनले स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचन अघि पनि तत्कालीन सत्ता गठबन्धनभित्रै उपगठबन्धनका रुपमा मोर्चा बनाउने कसरत गरेका थिए । तर त्यतिबेला दलहरु सिट बाडफाँटमै अल्झिएपछि समाजवादी मोर्चा बन्न सकेन भने निर्वाचनको परिणामपछि केपी शर्मा ओलीले साथ दिएपछि उनले मोर्चाको औचित्य नै देखेनन् ।

जसलाई ओलीमा आएको करेक्सनका रुपमा बुझेका प्रचण्डले यसैको भरमा नेकपा व्युँताउने र पुन ठुलो कम्युनिष्ट पार्टीको डाडुपन्यु चलाउने सपना देखिसकेका थिए । जहाँ संसद भवन र राष्ट्रपति कार्यलयमा माधवकुमार नेपालसंग ओलीको हंसमुख प्रस्तुतीले उनलाई अझ हौसला थपिदिएइको थियो । तर ओली नसुध्रिएको भन्दै प्रचण्डले कांग्रेस रोजेपछि मोर्चा फेरि लथालिङ बन्न पुग्यो । जसले अव एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना कम देखेका प्रचण्डले देशको वागडोर सम्हालेकै वेला आफ्नै वलवुतामा वलियो बन्ने रणनिति लिएका थिए ।

फलत ः योविचमा माओवादी एकीकृत समाजवादी र नेसपा एक हुनेसम्मको चर्चामा समेत चले ।तर पूर्वमाओवादी घटक एक हुने तथा अरुलाई समेट्न सक्ने दुवै अवस्था नभएको दवावमा परेका प्रचण्डले तत्काललाई मोर्चाकै अश्त्र फालेका हुन । जहाँ सत्तावाहिरका नेत्रविक्रम चन्द समेत समेटिएका छन भने यहि मोर्चाले देश हाक्ने उनले सपना देख्न थालिसकेका छन ।

’प्रचण्ड’ले एमालेसँग एकता गर्दा “हतारो“ गरेको भन्दै मोर्चालाई केही समय निरन्तरता दिएर एकताको चरणमा प्रवेश गर्ने सङ्केत दिएका छन्। जहाँ भारत भ्रमणपछि विच्किएका तथा जसपा समेट्दा आफूमाथिको अपमान ठानेका नेसपा अध्यक्ष भट्टराईले समेत पार्टी एकताको माध्यमबाट समेटिने प्रयास अहिले पनि जारी छ ।

तत्कालका लागि यहि मोर्चाले पनि एमाले कांग्रेसलाई सन्तुलनमा राख्ने तत्कालिन फाईदा देखेका प्रचण्डसंग तर पूर्वमाओवादी भएकाले विप्लवको दलको एकीकरण अरूभन्दा चाँडो र सहज हुने कतिपयको ठम्याइ छ। जहाँ विप्लवले समेत यसलाई एकताको सूरवात भएको भन्दै यसअघिबाटै बताउन थालिसकेका छन भने द्धन्द्धकालिन मुद्धासम्बन्धी रिट अदालतमा परेबाटै उनले प्रचण्डको प्रतिरक्षा गर्दै आएका छन ।

जसलाई मोर्चामा अन्य दलका प्रमुख सरहको समान हैसियत प्राप्त गरेको एकीकरणपछि प्रचण्डको उत्तराधिकारी बन्ने अवसर आएको ठानेको हुनसक्ने विप्लवको अवस्थासम्मलाई जोडिएको छ । त्यसको निम्ति उनी कार्यकारी भूमिका रहने पार्टी महासचिव बन्ने अपेक्षा गर्ने आकलन गरिएको छ। जसलाई जनार्दन शर्मा जस्ता दोश्रो नेताहरु तह लाउने अश्त्रका रुपमा समेत हेरिदा माओवादी नेता राजन दाहाल भने यो शर्तमा विप्लवलाई नल्याईएको तर्क गर्छन ।

एकातर्फ सवैको खस्कदो हैसियत र आगामी चुनाव समेत साझा चिन्हमा लड्नेसम्मको सपना देखेका मोर्चाका दलहरुलाई अन्तत एकता गर्ने रणनितिमै प्रचण्ड छन । विप्लवसँग पार्टी एकीकरणको निम्ति पहल गरिरहेका भनिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले त दुई(चार महिना मोर्चाको अभ्यासपछि एकीकरणको चरण आउन सक्ने बताई नै सकेका छन ।

तर यो एकताको लहरो एमालेसम्मै पुग्ने सम्भावना शुन्यप्राय नै रहेको अवस्थामा मोर्चाले एकातर्फ कांग्रेस अर्कातर्फ कम्युनिष्टकै ठुलो धुव्र र अझै अर्को पाटोमा नयाँ दलको दवदवाका विच आफ्नौ औचित्य कसरी पुष्टि गर्छ त्यो प्रश्न भने गहन छ ।