काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिका विद्येयकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरण सम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सम्मानित सर्वोच्च अदालत हामीलाई न्याय देउ, सम्मानित सर्वोच्च अदालत ढिलो किन ? हामी अनागरिक कहिलेसम्म ? नागरिकता विधयक कार्यन्वयन गर, विगत तीन सातादेखि माइतीघर मण्डलाको यो भागमा यी नाराहरु घन्किरहेका छन ।
यो अवधिमा आत्मदाहको प्रयासदेखि प्रहरीसँगको झडपका घटना सामाजिक सञ्जालमा वेग्रल्ती छन । तर आफ्नै देशमा नागरिकता पाउँ भन्दै सडक संघर्षमा रहेका कतिपयको घरबाट ल्याएको खर्चन सकिनै लागिसक्यो, सडकमा बस्दा बस्दा थाकिसके । तर उनीहरुको समस्या ज्यूँका त्यूँ छ । रौतहट व्रिन्दावन एक बलेरीका सुशिल कुमार महतोको उमेर १९ वर्ष भयो । अहिले कक्षा १२ को नतिजाको पखाईमा छन । नतिजा आएपछि सानोतिनो जागिर गरेरै भए पनि अध्ययनलाई अनिरन्तरता दिने र लोकसेवा भिड्ने योजना छ । तर त्यसका लागि उनीसँग नागरिकता छैन ।
नागरिकता पाउँ भन्दै दुई दुई पटक जिल्ला प्रशासन कार्यलय धाईसके । तर नागरिकता नपाएपछि उनी अहिले नागरिकता पाउँ भन्दै माइतिघरमा धर्नामा छन । बलेरीकै सागर कुसह कक्षा ११ को परीक्षा दिएर बसेका हुन् । उनलाई सुरक्षाफौजमा जागिर खान मन छ । तर नागरिकता छैन । बाबु आमा दुवै जनाको नागरिकता बोकेर नागरिकता पाउँ भन्दै उनी पनि काठमाडौमा छन । उनीहरु दुवै जनाको बुवाको नागरिकता जन्मका आधारमा भएकाले नागरिकता पाउन सकेको छैन ।
सुशील र सागर जस्ता नागरिकता लिन योग्य कयौं युवा सडकमा छन । आफ्ना छोराछोरीलाई नागरिकता दिलाउन आमा बाबु पनि यो विरोध प्रर्दशनमा सहभागी छन । झापा दमकका रुना जागर आफ्नो तीन सन्तानको भविष्यका लागि झापादेखि काठमाडौ माइतिघरमा आइपुगेका छन । अरुको घरमा काम गरेरै जसोतसो छोराछोरी हुर्काए, तर नागरिकता नुहँदा छोराछोरीको भविष्य अन्धकार भएको उनी सुनाउँछिन ।
श्रीमानको नागरिकता जन्मका आधारमा रहेका कारण छोरा छोरीले नागरिकता नपाएपछि ५२ वर्षिय राधिका बस्नेत पनि रुनाझै आफ्नो छोराछोरीले नागरिकता पाउनुपर्ने माग सहित सडकमा छिन । मानो खाएर मुरी उब्जाउनु पर्ने असारमा उनीहरु आफ्ना छोराछोरीले नागरिकता पाउनु पर्ने संघर्षमा छन ।
यी त केहि उदाहरण हुन् । जो सडकमा छन । नागरिकताका लागि भौतारिरहेका उनीहरुले अब भने नागरिकता पाउने बाटो खुलेको छ । सर्वोच्च अदालतले नागरिकता विद्येयकविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । त्योसँगै अब नागरिकताबाट बञ्चित उनीहरुले नागरिकता पाउने बाटो खुलेको हो । बर्खायामको घामपानी, भोक प्यास केहि नभनी माइतीघर मण्डला गरेको उनीहरुको संघर्ष सफल भएको छ ।
प्रतिक्रिया