Breaking

भारत र चीनको रणनीतिक स्वार्थमा अलपत्र अन्तराष्ट्रिय विमानस्थल,के गर्दैछ नेपाल सरकार ?


काठमाडौँ — पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायीक उडान सुभएको छ । विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि पहिलो पटक चीनको छेन्दुबाट अन्तराष्ट्रिय जहाज अवतरण भएको हो । भारतले हवाई रुटमा सहजीकरण नगर्दा अलपत्र परेको भैरहवा गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्तै पोखरा अन्तराष्ट्रिय विमानस्थल पनि अलपत्र हुने चिन्ताका बीच चीनले उडान भरेको हो ।

भारत–चीनको रणनीतिक स्वार्थको शिकार बनेको पोखरा विमानस्थल पर्न नदिन सरकारको पहलबारे चासो बढ्दो छ । संस्कृती पर्यटन एवम् नागरिक उड्डयनमन्त्री सुदन किँराती र नेपालका लागि भारतीय राजदुत विपिन श्रीवास्तवले मंगलवार लुम्बिनीमा सँगै योगा मात्र गरेन्न बुद्धभूमि लुम्विनीको बखान र नेपाल–भारत सम्बन्धको चर्चासँगै गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र हवाई रुटको वारेमा सार्वजनिक मञ्चबाट नै अनुरोध र प्रतिवद्धता जाहेर गर्ने काम पनि गरे । राजदुत श्रीवास्तवले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको जानकारी गराए ।

अन्तर्राष्ट्रिय योग दिवसकै अर्को कार्यक्रममा पनि उनीहरु सँगै सहभागी भए । राजदुत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने उनको भनाई थियो । पोखरा योगा केन्द्र बने भारतका विभिन्न शहरबाट आफ्ना नागरिक पोखरा आउने बताउँदै राजदुत श्रीवास्तवले त्यसमा दुतावास सहकार्य गर्न तयार रहेको बताए । यता पर्यटनमन्त्री किराँतीले पोखराबाट सिधै भारतको विभिन्न शहरहरुमा उडान भर्नसक्ने स्पष्ट पारे ।

संयोग नै मान्नुपर्छ बुधवार नै चीनको छेन्दुबाट पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि पहिलो अन्तराष्ट्रिय जहाज अवतरण भयो । भारतले हवाई रुटमा सहजीकरण नगर्दा अलपत्र परेको भैरहवा गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्तै पोखरा अन्तराष्ट्रिय विमानस्थल पनि अलपत्र हुने चिन्ताका बीच चीनले उडान भरेको हो । पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण लगत्तै चीनले पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत भएको स्पष्ट पारेका छन ।

व्यवसायीक सञ्चालनमा आए पनि भारतले हवाई रुट अनुमति नदिँदा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी बन्न सकेको छैन । चिनिया लगानीमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल अझ विआरआई परियोजना भनेपछि भारत ने रुट नै दिन अस्वीकार गर्दै आएको छ ।

सरकारले सञ्चालनमा आइएसकेको विमानस्थलहरुको सञ्चालनमा जोड दिईरहेको जनाएको छ । भारत र चिनको रणनीतिक टशलमा यो विमानस्थल पनि कतै अलपत्र पर्ने त होइन भन्ने संशय बढिरहेको बेला सरकारका प्रतिनिधिहरुबीचको सामुहिक प्रतिवद्धता त्रीपक्षीय कुटनीतिक दवाव पुग्ने आशा गर्न सकिन्छ । तथापी सरकारले कुटनीतिक पहलमा भने विशेष जोड दिनुको विकल्प छ ।