Breaking

नेपालको स्वाधीनता जोगाउन नयाँ लडाई अघि बढाउनुपर्छः विप्लव

योहो संवाददाता

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको स्वाधीनता जोगाउन नयाँ लडाई अघि बढाउनु पर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको चाहाना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न चार पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा गरिएको पनि बताएका छन् ।

नेपाली जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहन्छन्, सोही उद्देश्य पुरा गर्ने मोर्चाले बोकेको छ’, विप्लवको भनाइ छ । अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताका सामु थुप्रै संकटहरु रहेको उनले बताए । ‘नागरिकमा छटपटी छ । जनता निराशा र आशाको दोधारमा छन् ।

यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहानाअनुसार आजको संकटबाट पश्चगामीलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौ विप्लवले भने, ‘नेपालको स्वाधीनता जोगाउन नयाँ लडाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड हो ।

उनले नेपाली जनताले मुक्तिको बाटो खोज्ने भन्दै आउने भविष्य कुनैपनि साम्राज्यवादीले नभएर नेपाली जनताले सुनिश्चित गर्ने बताए । उनले अव देशको नेतृत्व देशभक्तहरुले गर्ने भन्दै देशभक्तहरुले नेतृत्व गर्न सक्ने दाबी समेत गरे ।