Breaking

प्रचण्ड–माधव–उपेन्द्रको पार्टी एक होला त ?एमालेले फाल्यो अर्को अस्त्र,फेरि नेकपा बन्ने सम्भावना कति ?


घट्दो पार्टीको आकार,आफ्नै व्यक्तित्व तथा कम्युनिष्ट घटकको नेतृत्वमा पुग्ने हुटहुटिमा रहेका पुष्पकमल दाहाल प्रचण्ड समाजवादी मोर्चा निर्माणको प्रयासमा छन ।उनकै लामो प्रयासपछि संघारमा पुगेको यो कदमले सफलता पाए प्रचण्ड ५४ सिटको नेतृत्वकर्ता बन्ने छन । जहाँ यसलाई एकतागर्दै नेकपा बनाउनेसम्मको उनको तयारी छ ।

नेकपा (एमाले) बाहेकका वामपन्थी शक्तिहरु समाजवादी मोर्चा घोषणा गरेर एकीकृत रुपमा अगाडि बढ्ने तयारीमा छन् ।एमालेसंगको गठबन्धन तोडेर कांग्रेस रोजेका प्रधानमन्त्री पुष्पकमल दाहालले अवको कम्युनिष्ट धुव्रको केन्द्र बनाउने उदेश्य सहित यसको प्रयास गरिरहेका छन् । जहाँ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा तत्काल पार्टी एकता गर्न नसक्ने अवस्थामा पुग्नुलाई समेत मोर्चा घोषणाको अर्को कारण मानिएको छ । तर भारतभ्रमण पछि प्रचण्ड र बाबुराम भट्टराईवीच देखिएको केहि खटपटले नेसपा भने तत्कालै सहभागी नहुने भएको देखिन्छ ।

यहि कारण कृष्णबहादुर महरा प्रयोग गरेर प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मोर्चामा सामेल गराउने प्रयास गरिरहेका छन । यद्यपी विगतमा विप्लव माओवादीमै हुदाँ शक्ती संघर्षमा रहेका माओवादी केन्द्रका दोश्रो तहका नेताहरु भने यसमा सन्तुष्ट देखिएका छैनन् । यहि रस्साकस्सीका वीच असार १ गते शुक्रबार समाजवादी मोर्चा घोषणा हुने भनिएपनि आन्तरिक तयारीको अभाव देखाउँदै मोर्चा घोषणा कार्यक्रम स्थगित भयो ।

यो कदमलाईराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने नेपालका पार्टीहरूले सत्तामा जान र सत्तामा गएर सम्पत्ति कमाउन मात्रै एकता गर्ने गरेको रुपमा अथ्र्याएका छन । बुधबार दाङ पुगेर प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको दस्तावेज तयार भइसकेको बताएका थिए । यो मोर्चा तल्लो तहसम्म बन्ने बताएका उनलेफेरि नयाँ नेकपा बनाउने ठाउँसम्म आफूहरू जाने बताएका थिए । जसले अस्थित्वको संकटमा रहेका नेसपा र एकीकृत समाजवादीले पनि आकार ग्रहणको फाईदा पाउने छन भने मदेशमा नयाँ शक्ती जनमतको खप्की खेपिरहेको जसपाले पनि मोर्चाले आफूलाई त्राण दिने अपेक्षा गरेको बुझिन्छ ।

यता प्रचण्डलाई भने यसले वार्गेनिङ शक्ती बढाउने मात्र नभएर कम्युनिष्ट घटकको धुव्रको नेतृत्व गर्ने अभिलाषामा झिनो भए पनि बाटो प्रदान गर्ने छ । अर्कातर्फ कांग्रेसभित्र देखिएको देउवामाथि वारपार गर्ने रणनितिले अर्को समस्या पर्ने देखेका उनी जता गएपनि भारी पर्ने अंक आफ्नो नियन्त्रणमा राख्ने रणनितिमा छन । जहाँ केहि कांग्रेस नेताहरुले त प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै अवमूल्यन नगर्न संसदबाटै चेतावनी दिन थालेका छन् ।

यता एमालेले पनि आफूविरुद्धको मोर्चा बन्दीका रुपमा हेर्दै मधेशमा जसपा सरकारलाई समर्थन दिएर अर्को अश्त्र फालिसकेको छ । केहि समय अघि मात्रै छुटेका वावुराम र उपेन्द्र यादवलाई एकै ठाँउमा समेट्न गाह्रो पर्ने वुझेको उसले जसपालाई मधेशमा बोके प्रदेश १ मा साथ पाईने र निर्माणाधिन मोर्चामा धावा वोल्न सकिने दोहोरो रणनिति अघि सारेको छ । यद्यपी राजनीतिक विश्लेषक सरोज मिश्र भने वर्गचरित्र नै नमिल्ने एमाले र माओवादी एक ठाँउ आएर फेरि नेकपा बन्ने सम्भावना नै नरहेको बताउँछन ।

हुन त मोर्चाको भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेसम्मको लक्ष्य रहेको बताइन्छ । मोर्चाको नेतृत्व आलोपालो गर्ने विषयमा समेत उनीहरु सहमत छन । तर सत्ता सहजतामा पनि रहेको र अदालतमा मुद्धा पनि परेकोले हर्ष खुसि दुवैमा रहेका प्रचण्ड तथा पूर्वमाओवादीविच मिलेको लय एमालेको साथ पाएपछि जसपाले समात्न जरुरी देखिदैन ।

बरु विप्लवको प्रवेशले माओवादी भित्रै बढ्ने असन्तुष्टिको अर्को खतरा देखिदा संसद र संसदबाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवा सुविधा दिन दबाब दिने लक्ष्य सहित बन्ने भनिएको मोर्चा हात्ती आयो हात्ती आयो फुस्सा बन्ने सम्भावना नै बढि छ ।