Breaking

गम्भीर आरोप लागेका व्यक्ति राष्ट्रपतिबाट अनुमोदित, छोटो समयका लागि प्रधानन्यायाधीशमा नियुक्त


काठमाडौँ — आगामी साउन २० गतेबाटअनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बनेका छन् । शुक्रवार बसेको सुनुवाइ समिति बैठकले कार्कीलाई सर्वसम्मत अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन् ।

.छोटो समयका लागि प्रधानन्यायाधीश बनेका हरिकृष्ण कार्कीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल मार्फत पद तथा गोपनियताको सपथ ग्रहणग्रहण गरेका छन् । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्कीलाई शुक्रवार बसेको सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै उनले राष्ट्रपति पौडेलबाट नियुक्तिसँगै पद तथा गोपनियताको सपथग्रहरण लिएका हुन् ।

गएको वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएकाकार्कीविरुद्ध संसदीय सुनुवाई हुनुअघि समितिले उजुरी आह्वान गरेको थियो । त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबार देखि मात्रै उनको सुनुवाइ सुरु भएको थियो । बिहीबार बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए । उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको दाबीसहित आफूले गोलाप्रथालागू गरेपछिन्यायिकविचलनकमहुँदै गएको र स्वच्छतागर्ने दिशामाअगाडिबढेको बनेका थिए ।

सुनुवाइको दोस्रो दिनशुक्रबार उनीविरूद्धदर्ता भएका २९ वटाउजुरीबारे समितिका सदस्यहरूको प्रश्नको जवाफमा कार्कीले आफूमाथि परेका उजुरी प्रमाणीत भए ठाउँको ठाउँ राजीनामा दिने बताए । सांसदहरू देवेन्द्र दाहाल, ईश्वरी देवी न्यौपाने, प्रकाश अधिकारी, जगप्रसाद शर्मा र रमेशजंग रायमाझीले काठमाडौंको मिनभवनमा एउटा जग्गा प्रकरणमा कार्कीको संलग्नताबारे प्रश्न सोधेका थिए ।