काठमाडौँ — सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । आज (शुक्रबार) न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेर अघि नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । नव नियुक्त प्रधानन्यायधीश कार्कीलाई आजै साँझ सवा ५ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया