Breaking

सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन


काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।