Breaking

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ


काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको क्रममा आज सवाल जवाफ हुनेछ । बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका कार्कीलाई आज सदस्यहरुले प्रश्न सोध्ने र उनले उत्तर दिने छन् ।

सवाल जवाफका लागि समितिको बैठक आज बिहान ८ बजे बस्ने छ ।

संसदीय समितिले नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो । संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।