काठमाडौँ — बिहीबार सिंहदरबारको दक्षिण ढोकातिरको दृश्य अन्यमा भन्दा केही फरक देखियो । कर्मचारीहरु कार्यालय समयमा नै हाजिर गरेर बाहि निस्कने गरेको गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले देशको प्रमुख प्रशासनिक केन्द्रको गेटमा रोक्दै अनुगमन थालेको छ । क्याम्पसतिर विद्यार्थीहरुले केही उच्छृंखल गतिविधि गर्ने र बीचैमा कलेज छोडेर जाने डरले विद्यार्थीलाई नियन्त्रण वा अनुसासनमा राख्न कलेज प्रशासनले अनुशासन नियन्त्रक अर्थात् डीआईको व्यवस्था गरेको हुन्छ ।
सायद, त्यसैको सिको सिक्दै राष्ट्रिय सर्तकता केन्द्रले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारीलाई नियन्त्रणमा राख्न अनुगमन थालेको छ । सिंहदरबारका कर्मचारीहरू कार्यालय समयमा हाजिर गर्ने र टाप कस्ने (हाटा) गुनासो बढेपछि सतर्कता केन्द्रले दक्षिण गेटमै छड्के हानेको छ । कर्मचारीहरु विना कुनै खबर लामो समय सिंहदरबारबाट बाहिर निस्कने गुनासो बढेपछि सतर्कता केन्द्र ‘एक्सन’मा उत्रिएको हो ।
कर्मचारीहरु कोही अस्पताल, कोही पेट्रोल हाल्न त कोही खाना खान अनि कोही फोटो लिन भन्दै आफ्नो व्यक्तिगत कामका लागि बाहिर निस्किएका थिए । अचम्मको कुरो त्यत्रो ठूलो सिंहदरबारभित्र एउटा फोटो कपी मेसिन पनि नभए झै केही कर्मचारी फोटोकपी गर्ने बाहानमा धमाधम बाहीर निस्कीएको पाईयो । यसरी १० बजे कार्यालय समयमा आउने अनि हाजिर गरेर जागिर पकाउँदै टाप कस्नेको संख्या दर्जन बढि थियो।
कर्मचारीका यस्ता गतिविधिले सरकारी काम कहिले जाला घाम भन्ने नेपालीको पुरानो उखानलाई सतर्कता केन्द्रको अनुगमनले थप सार्थकता बनाएको छ । कार्यालय सयममा दिन भर बाहिरै बस्ने निजामती कर्मचारीमाथि लाग्ने गरेको पुरानै दाग हो । मुलुकको नेतृत्व नै ट्रयाकमा नहुँदा कर्मचारी अनुसासनहीन भएर बरालिनु स्वभाविक रहेको पूर्व प्रशासक बताउँछन् ।
सरकारी कर्मचारी भन्नासाथ ढिलो आउने चाडो जाने, कार्यालय समयमा दिनभरी क्यान्टिनमा चियाको चुस्की लिदै गफ चुटेर बस्ने, आफ्नो जिम्मेवारीमा भन्दा अनावश्यक तर्कमा बढि रमाउने र सेवाग्राहीलाई चुस्त सेवा नदिने रुपमा चिनिन थालिएको छ । यध्यपी यसैलाई एउटै बास्केटमा हालेर विश्लेषण गर्न भने मिल्दैन । मुलुकमा सच्चा र आफ्नो काममा कर्तव्यशिल कर्मचारी पनि छन् । तर एउटा विराउने शाखा पिराउने भने जस्तो सिमीत व्यक्तिका कारण निजामति क्षेत्रको छवि भने धुमिल हुँदैछ ।
हरेक दिन सयौं नागरिक आफ्ना समस्या बोकेर मन्त्रालय धाउँछन् । एउटा कोठादेखि अर्काे कोठा एउटा मन्त्रालयबाट अर्काे मन्त्रालय । यसरी दिनभर सरकारी कार्यालय चहार्दै गर्दा कतिपय समय कार्यकक्ष खाली हुन्छ । जसकारण दूर–दराजबाट आएका सेवाग्राही प्रभावित हुने गरेका छन् ।


प्रतिक्रिया