Breaking

शक्तिशाली बन्दै प्रचण्ड, ओलीलाई एक्लाउदै, उपेन्द्र र माधवलाई राहत, दोधारमा विप्लव


काठमाडौँ — नेपालका कम्युनिष्ट घटकको नेतृत्वमा नेताहरुको होडावाजी जारी छ । आफ्नै पार्टी चलाउन हम्मे हम्मे परिरहेका बेला माओदावी केन्द्र सहितका कम्युनिष्ट घटक एक हुने संघारमा छ । अर्थात समाजवादी मोर्चा घोषणा गर्ने तयारी अन्तिम विन्दुमा पुगेको छ । राजनितीक सौदाबाजीमा सत्ताको लागि उतिबेलै घाँटी जोड्ने कम्युनिष्ट घटकहरु कति बेला फुट्छन र जुट्छन भन्ने अड्कल काट्न मुस्किल छ । पद र सत्ताको लागि सिदान्त भन्दा अंक गणित खोज्ने कम्युनिष्टहरु अहिले त्यही अकं बढाउन एकताको नाम दिएर एक ठाउँमा उभिएकाछन् ।

यसका मूल खाँवोको रुपमा प्रधनमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उभिएकाछन् । कम्युनिष्टहरुले भाईफुटे गवार लुटे भन्ने चरितार्थलाई आत्मसाथ गर्दै गला मिलाउने कोशिस गरेकाछन्। यध्यपी यो सिद्धान्त मिलेर हैन । पद र सत्ताको लागि सिदान्तलाई तिलाञ्जली दिनेहरु पनि अहिले यो घटकमा देखिएकाछन् । देउवालाई छिर्के हान्र्दै बालकोटमा पुगेर ओलीको आशिर्वादले प्रधानमन्त्री भएका प्रचण्डले पछि कित्ता फेरेर देउवा क्याम्प रोजे ।

सरसर्ती हेर्दा कम्युनिष्ट एक हुन भन्ने सन्देश दिनु थियो भनेत ओली क्याम्पमै प्रचण्ड रहन्थे होला तर कम्युनिष्ट एकता हैन सत्ता कसरी टिकाउने ध्याउन्नले ग्रसित नेताहरु मौकाको पर्खाईमा हुन्छन् । मुलत सैद्धान्तिक रुपमा एक देखिए पनि सत्ता र पार्टी नेतृत्व विवादले नेपालका कम्युनिष्ट शक्तिहरु छरपष्ट छन् । यी शक्तिहरुमा राजनीतिक विचलन बढ्दो छ । राजनीतिक साख निरन्तर गुमाउने क्रममा छ । अहिले आफ्नै पार्टी अस्तित्व संकट उन्मुख रहेका बेला समाजवादी मोर्चा बनाएर शक्ति आर्जन गर्ने होडमा रहेका प्रधानमन्त्री प्रचण्डछन् ।

आफ्नो पार्टी चलाउन हम्मे परिरहेका बेला प्रचण्डको प्रस्तावका पछि लागेका माधव कुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईदेखि विप्लव समेतको मिलनमा समाजवादी मोर्चा घोषणा हुँदैछ । तथापी मोर्चामा कुन–कुन दललाई सहभागी गराउने अन्तिम निर्णय भने हुन बाँकी छ ।

पार्टीगत रुपमा मात्र नभई नेपालका कम्युनिष्टहरुकै नेतृत्व गर्ने सवालमा नेकपा एमाले अध्यक्ष के.पी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिस्पर्धामा छन । नेतृत्वकै लडाईका कारण तत्कालिन नेकपा फुटाएका ओली प्रचण्डको आमने सामने कायम रहेका बेला ओलीलाई पाखा लगाउँदै समाजवादी मोर्चा मार्फत कम्युनिष्ट घटककको नेतृत्वमा पुग्ने अभिलाषा प्रचण्डको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन ।

संसदको तेस्रो शक्ति बनेर पनि गठबन्धनको बलमा सत्तामा विराजमान भएका पप्रचण्ड समाजवादी मोर्चा घोषणापछि थप शक्तिशाली बन्नेमा दुई मत छैन । माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट सहित मोर्चा घोषणा भएपछि ५४ सीटको नेतृत्व गर्नेछन् ।

कम्युनिष्ट घटकको नेतृत्वको नशाले एमालेसंग मिलेर नेकपा बनाए पनि यसमा प्रचण्ड असफल बनिसकेका छन । पार्टीृको धरातल कमजोर भएपछि कम्युनिष्ट घटक मिलाएर शक्ति आर्जन गर्ने लाईनमा रहेका प्रचण्ड कति सफल हुन्छन् त्यसको परिक्षा हुननै बाँकी छ । तर नेकपामा हुँदा ओलीसँग रडाको गरेर हिडेका प्रचण्डको यो यात्रा पनि धेरै पर सम्म जाने छाट देखिदैन ।