Breaking

अविलम्व समिति सभापति चयन गर्न सांसदहरुको माग


काठमाडौँ — सांसदहरुले अविलम्व समिति सभापति चयन गर्न माग गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरुमा हालसम्म सभापतिको चयन हुन सकेको छैन । हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहनुभएको छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरुले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरुमा अपm्ठ्यारो परेको भन्दै छिटोभन्दा छिटो समिति सभापतिको चयन गर्न माग गरेका हुन् ।

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसदले तिब्र गतिले काम गर्न नसकेको बताउनु भयो । उहाँले गठबन्धनका नेताहरुले भागबण्डा गर्न ढिलाइ गर्नु नहुने र समिति सभापति चयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘संसदले जसरी तिब्र गतीमा काम गर्न सक्नुपथ्र्यो, काम गर्न नसक्नुको महत्वपूर्ण पार्ट भनेको समितिहरुको सभापति तिब्र गतिमा निर्वाचित नहुनुले पनि ढिलाइ भएको छ ।

राजनीतिक दलहरुको काम गर्ने तरिका ढिलासुस्ती छ । त्यही भएर त हामी आलोचना खेपीराखेका छौँ । समितिका सभापति क–कसलाई कुन भागमा पर्ने हो तुरुन्त बाँडेर तुरुन्त समितिलाई सक्रिय बनाउनुपथ्र्यो नि । किन ढिलाइ गरेको होला ? समितिलाई म दोष दिन्न । गठबन्धनका नेताहरुले तुरुन्तै बसेर समितिको कार्याविभाजन गर्ने कसलाई कुन समिति पर्ने हो ? त्यस अनुसार समितिको सभापति टुंग्याइदिए देखि त सभापतिको सक्रियता बढ्थ्यो । अहिले तारिख धान्ने जस्तो प्रकृतिको बैठक छ । कानून बनाउनु छ । जनताका सरोकारका विषयहरु सदनमा लैजानुपर्ने छ । अनुगमन गर्न जानुपर्ने छ । यि सबै विषय समितिको सभापछि छिटो नहुँदाखेरी छुटेका छन् ।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिको काममा प्रभाव परेको बताउनु भयो । उहाँले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको बताउनु भयो । उहाँले बजेट पास भएपछि समिति सभापति चयन हुने बताउनु भयो । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताउनु भयो ।

उहाँले सत्तापक्षको कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भिर बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो भन्दा हाम्रो जनताको बीचमा अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठै हो भनेर म भन्नसक्छु ।
छिटोभन्दा छिटो समिति सभापति चयन गर्नुप¥यो । सभापति नभएका कारणले बैठकहरु नियमित हुन सकिराखेका छैनन् । सघन ढंगले गम्भिरताका साथ छलफल हुन सकिराखेको छैन ।

सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने, निगरानी गर्नुपर्ने, यि कामहरु पनि हुन सकिराखेका छैनन् । समिति काम चलाउ मात्र छ अहिले । त्यसले गर्दा संसदको प्रभावकारिता बढ्न सकेको छैन । सत्तापक्षको कारणले गर्दा समिति सभापति चयन हुन नसकेको हो । यसमा सत्तापक्ष गम्भिर बन्नुप¥यो ।’

नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गर्नुभयो । अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नु नहुने उहाँको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले समितिको कामलाई प्रभावकारी बनाउन समिति सभापति चाँडै चाहिएको बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारीता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताउनु भयो । यद्यपी हालसम्म समितिको काम नरोकिएको उहाँको भनाई छ ।