Breaking

भुटानमा यातना पाएँ, नेपालमा नेताले धोका दिएः टेकनाथ रिजाल

योहो संवाददाता

काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा बिचौलियाबाट २ लाख रुपैयाँभन्दा बढी पैसा लिएको आरोपमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भुटानमा यातना पाएको र नेपालमा नेताले धोका दिए, फुटबल बनाएको आरोप लगाएका छन् । आफूलाई भुटानमा पनि दुख दिएको र नेपालमा पनि नेताहरुले धोका दिएको गुनासो गरेका उनले शरणार्थी समस्या समाधानमा धेरै पहल गरेको बताए । मैले शरणार्थी समस्या समाधानका लागि सबै नेताहरुलाई भेटेको थिएँ ।

मैले यसबारेमा शेरबहादुर देउवालाई सुनाउँदा ती त बिचौलियाहरु ठग हुन् भने उनले न्यायाधीशलाई सुनाए, ‘मैले प्रचण्ड, केपी ओली सबैलाई भेटेर यो कुरा भनेको हो । तर कसैले पनि मतलब गरेनन् । मलाई फुटबल बनाइयो । रिजालले आफूले भुटानका राजाको प्रस्ताव अस्वीकार गरेको बताउँदै त्यहाँको जेलमा बोरामा बाँधेकादेखि यातनाका अनेक कहानी पनि सुनाए ।