Breaking

मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्यसचिव फेर्ने सरकारको तयारी


काठमाडौँ – सरकारले मुख्यसचिव फेर्ने तयारी गरेको छ । हाल मुख्यसचिव रहेका शंकरदास बैरागीलाई हटाएर उनको ठाउँमा बैकुण्ठ अर्याललाई ल्याउन कसरत भएको हो ।
एक मन्त्रीका अनुसार महत्त्वपूर्ण केही निर्णय गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू लागेको जनाएको छ ।

आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा। वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको छ ।

उक्त तयारीमा कुनै फेरबदल नआए अर्याल मुख्यसचिव बन्ने र वैरागी राजदूत बन्ने ‘कन्फर्म’ भएको स्रोतको दाबी छ ।

हाल सचिव रहेका अर्याल २ असारमा अवकास पाउँदै छन् । तर त्यसअघि नै उनलाई मुख्यसचिव बनाउने तयारी प्रचण्ड सरकारले गरेकाे हाे ।