Breaking

विनियोजित बजेटको मन्त्रालयगत छलफल आजदेखि


काठमाडौँ — आगामी आर्थिक वर्षको विनियोजित बजेटको मन्त्रालयगत छलफल संसदमा आजदेखि सुरू हुँदै छ ।

बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । आज वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।